मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ

आदर्श समाज सम्वाददाता
जेठ १८, २०८१
chief attorney oath

पोखरा । गण्डकीका मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । सरकारको सिफारिसमा उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार नियुक्त गरेका हुन् । उनी यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए ।

शर्मालाई प्रदेश प्रमुख भट्टको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश राजन भट्टराईले पद तथा गोपनियताको शपथ गराए । सपथमा मुख्यमन्त्री पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, उपसभामुख बिनाकुमारी थापा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो ।

शर्मा गण्डकीका छैटौं मुख्य न्यायाधिवक्ता हुन् । पृथ्वीसुब्बा गुरुङले लमजुङका राजेन्द्र घिमिरे, कृष्णचन्द्र नेपालीले कास्कीका रोहितराज बास्तोला र खगराज अधिकारले कास्कीका श्रीकान्त बराललाई मुख्य न्यायाधिवक्ता बनाएका थिए । त्यसपछि सुरेन्द्रराज पाण्डेले शर्मालाई र खगराज अधिकारीले लमजुङका एमाले नेता कृष्ण अधिकारीलाई मुख्य न्यायाधिवक्ता बनाएका थिए ।

बेनी नगरपालिकाका १० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन् । शिक्षण पेसामा समेत आबद्ध रहेका शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार थिए । उनी एमालेका सुरत केसीसँग पराजित भएका थिए । बिएल, बिएडका साथै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । म्याग्दीको महेन्द्र माविमा २ वर्ष प्रअ रहेका उनले झण्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा पढाए । उनले राजनीतिशास्त्र र बिजनेस ल विषय पढाए । शर्मा म्याग्दी जिल्ला बारका पूर्व अध्यक्ष हुन् ।

मुख्यमन्त्रीले यसअघि पनि विश्वास गरेर आफूलाई नियुक्त गरेको र अहिले पनि अवसर दिएकामा धन्यवाद् दिँदै उनले कर्तव्यनिष्ठ भएर कानुनको अधिनमा रही जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता शर्माले जनाए । मुख्य न्यायाधिवक्ताले उच्च अदालतका न्यायाधीश सरह सेवा, सुविधा पाउँछन् । मुख्य न्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width