सगरमाथा चढेर फर्कंदै गर्दा पोखराका युवा बस्ताकोटीको निधन

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
binod-babu-bastakoti

पोखरा । सगरमाथा सिखरमा पुगेर झर्दै गर्दा पोखराका युवा एवं पर्यटन व्यवसायी बिनोदबाबु बस्ताकोटीको निधन भएको छ । उनको घर पोखरा २६ खरानेफाँट हो ।

जेठ ९ गते बिहान सगरमाथा सिखरमा पुगेर झर्दै गरेका उनको सोही दिन साँझ ५ बजेतिर चौथो शिविरको माथि बालकोनीको तल लगभग ८ हजार २ सय ५० मिटरमा आइपुग्दा निधन भएको पुष्टि भएको छ ।

उनी पायोनियर एड्भान्चरबाट उनका शेर्पा गाइड लिएर सगरमाथा गएका थिए ।

आधार शिविर व्यवस्थापन गर्ने उनी गएको कम्पनीको क्याम्प म्यानेजर कोही नहुँदा उनले प्रयोग गरेको झोला किचनका स्टाफमार्फत् आधार शिविरमा अवस्थित पर्यटन विभागको फिल्ड कार्यालयमा बुझाइएको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्यले घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिएका छन् ।

उनको सम्मानजन बिदाइमा सहभागी हुन मेयर आचार्यले आग्रह गरेका छन् । शव ल्याउन बाँकी रहेकाले समय र स्थान भने उनले तोकेका छैनन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width