पोखरा । साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिबार पोखरामा चर्चा गरिएको छ ।
र्यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औं शृंखलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । ‘पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ, ‘विकासले भने, ‘अवश्य पनि गोधूलि गीत जनयुद्धको कथा हो, रोल्पाको कथा हो, ईश्वरीको कथा हो । माडीको कथा हो र कथा हो मानबहादुरहरूको ।’
विषय प्रस्तुतिमा लेखक कहीँ नचुकेको बताउँदै उनले खास माओवादी के हो र तत्कालीन समयमा रोल्पालीहरू कसरी माओवादी बने, कसरी रणमैदानमा होमिए भन्ने कुरा उपन्यासमा प्रस्ट उल्लेख गरिएको बताए । विषयवस्तुको प्रस्तुति र शैलीका दृष्टिले आधा डुबेको र आधा उत्रेको किताबका रूपमा मगरले उपन्यासको विश्लेषण गरे ।
उपन्यासकार बोखिमले माओवादी युद्ध हुँदैनथ्यो भने आफू अहिले नेपालबाहिर कतै रहेको हुने जिकिर गरे । ‘युद्धबाट युद्धमै सहभागी भएकाहरूले वा नेपाली जनताले कत्तिको फाइदा पाए कुन्नि ! तर मैले भने निकै फाइदा लिएँ,’ युद्धसम्बन्धी कथा प्रतियोगिताबाट छानिएर जागिर खाएको प्रसंग सम्झँदै उनले भने, ‘युद्धकै विषयमा रिपोर्टिङ र साहित्य लेखन गरेर मैले जीविकोपार्जन गर्न पाएँ ।’ उपन्यास लेखनका क्रममा पटक पटक रोल्पा पुगेको अनुभव उनले सुनाए । कलम प्रकाशनले बजारमा ल्याएको उपन्यासमा पढाइमा अब्बल भई नर्स बन्ने सपना देखेकी रोल्पाकी एक किशोरी ईश्वरीको जीवन संघर्षलाई उतारिएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गीता लामिछाने, दीपेन्द्र श्रेष्ठ, स्ट्रगल राना, खिम लामिछाने, सुदिप घिमिरे, विष्णु बाँस्तोला, केआर ढकाल, विजय भण्डारी, मोती भुजेललगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण
‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१