पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको आयोजनामा कास्कीको अन्नपूर्ण ३, धारापानी माविमा निशुल्क आँखा शिविर भएको छ।
हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सोमबार भएको शिविरमा १ सय ८१ जनाको निशुल्क आँखा जाँच गरिएको क्लब अध्यक्ष दामोदर आचार्यले बताए । परीक्षण गरिएकामध्ये ४ जनामा गम्भीर समस्या देखिएकोले हिमालय आँखा अस्पतालमा रेफर गरिएको उनले बताए।
अन्नपूर्ण गाउँपालिका ३ का वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेलको लायन्सले समुदायमा गरेको सेवाका कार्यबाट प्रभावित भएको बताउँदै वडाको तर्फबाट सहकार्य गरी थप रचनात्मक कार्यमा हातेमालो गर्न आग्रह गरे।
डिस्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एन्ड कम्युनिकेसन डिस्ट्रिक्ट को–अर्डिनेटर टंकराज अधिकारीले विशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्थाको लायन्स क्लब रहेको बताए
क्लबका पूर्व अध्यक्ष एवं डिस्ट्रिक्ट ३२५ आई नेपालका भिजन आई एडिस्नल डिस्ट्रिक्ट को–अर्डिनेटर भरतराज सिग्देलले आँखाको महत्वबारे प्रकाश पारे । कार्यक्रम संयोजक समेत रहेका उनले विशेषगरी स्कुलेबच्चाको जंक फुड मोह तथा उनीहरूले प्रयोग गर्ने अहिलेका नयाँ प्रविधिको समय कन्ट्रोल गर्न नसक्दा आँखाको ज्योतिमा कमी आएको बताए । उनै सिग्देलको जन्मदिन अवसर पारेर शिविर गरिएको हो।
समाजसेवी शिक्षाप्रेमी महेश्वर पौडेलले लायन्स क्लबको आयोजनामा भएको शिविरको भरपूर लाभ लिन अनुरोध गरे ।
विद्यालय प्रअ हरिप्रसाद भण्डारीले विद्यालयका गतिविधिबारे प्रकाश पार्दै लायन्स क्लबको सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रम सञ्चालन क्लबका तृतीय उपाध्यक्ष भगवान् श्रेष्ठले गरेका थिए । कार्यक्रममा डिस्ट्रिक्ट चिफ वसन्त कोइराला, जोन चेयरपर्सन एवं निवर्तमान अध्यक्ष रूकबहादुर गुरूङ, लियो क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष सन्देश सिग्देल, क्लबका पदाधिकारी एवं सदस्यको उल्लेख्य उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१