पोखरा । पोखरा २० भलामस्थित हरिहर गुफामा सन्यास आश्रम परिसरमा सोमबार बाला चतुर्दशी मेला तथा सत्बीज छर्ने मेला सम्पन्न भएको छ । आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजको सान्निध्यतामा भएको उक्त मेलामा स्थानीय हरिहर आमा समूहले नौमती बाजासहित तोरणको डोली भिœयाएको थियो ।
पोखरा–२० वडा कार्यालय, शृंखला युवा क्लब, महेन्द्र माविका स्काउट विद्याथीहरू लगायतको सहकार्य रहेको सो मेलामा विभिन्न समूहले भजन तथा नृत्य प्रस्तुत गरेका थिए । मेलामा अघिल्ला वर्षहरूमा भन्दा बढी दर्शकहरूको सहभागिता थियो । आयोजकलाई सवारी पार्किङ व्यवस्थापनमा समेत समस्या भएको थियो ।
यस्तै, पोखरा १९ घार्मीको मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सत्बीज छरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज पौडेलले जानकारी दिए । रुद्री पूजा सकेपछि मात्रै सद्बीज छर्ने धार्मिक परम्परा भए पनि बिहानै भक्तजनको भिड लागेको थियो । स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी निकालिएको फूलको डोली भजनकीर्तनसहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसर पु¥याइएको थियो । सत्बीज छर्ने कार्य साँझ अबेरसम्म चलेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले बताए ।
सत्बीज छर्न लामाचौर, बाटुलेचौर, हेमजा, अर्मला, कुरेचौर, हरिपाऊँ, पुरुञ्चौरलगायत क्षेत्रबाट भक्तजन आउने गरेको स्थानीय नमराज पौडेलले जानकारी दिए । विश्व हिन्दु महासंघ पोखरा १९ र भूमे मैदान भजन समूहले दिनभर भजनकीर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन दिएका थिए ।
कश्यपधाममा सत्बीज
पोखरा २४ कास्कीकोटस्थित धार्मिक पर्यटकीय स्थल कश्यप तपोधाममा बालाचतुर्दशी पर्व मनाइएको छ । कश्यपधामको महाङ्कालेश्वर मन्दिर परिसरमा हजारौं भक्तजनको सहभागितामा सत्बीज छरी बालाचर्तुदशी मनाइएको गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए ।
सो अवसरमा शिव ताण्डव नृत्य, भजन, नौमती बाजासमेत प्रदर्शन गरिएको थियो । सत्बीज छर्न कास्की, स्याङ्जा, पर्वत, तनहुँ, वागलुङलगायत जिल्लाबाट भक्तजनको सहभागिता रहेको स्थानीय तारापति सुवेदीले बताए ।
Related News
सम्बन्धित समाचार
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१