पोखरा । नेपाल–भारत संयुक्त लगानीमा निर्मित फिल्म ‘हिटम्यान’ आगामी १५ फेब्रुअरीमा विश्वव्यापी प्रदर्शन हुँदैछ । यो इन्डो–नेपाली फिल्म पहिलो पटक ओटिटी प्लेटफर्म अमेजनमा जाँदैछ ।
फिल्म युनिट बुधबार पोखरामा पत्रकारसँग साक्षात्कारमा उपस्थित भयो । फिल्मका नायक एवं निर्देशक विष्णु अधिकारीले विभिन्न ६ मुलुकमा खिचिएको ‘हिटम्यान’ १६ भाषामा रिलिज हुने बताए । फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुनेछ । फिल्मको सार्वजनिक पोस्टर र टिजर खुबै रुचाइएको छ । फिल्म नेपालसहित भारत, श्रृलंका, दुवई र फ्रान्समा समेत छायांकन भएको हो ।
फिल्ममा कलाकार प्रशान्त ताम्राकार र मिलन सिजापजीको मुख्य अभिनय छ । नेपाली नायिका आँचल शर्मालाई अडिसनमार्फत इन्ट्री दिइएको थियो । नेपालका तीनचार जना नायिकासँग कुरा भए पनि नेपाली तथा साउथ इन्डियन जस्तो देखिने भएकोले आँचल फिट भएको उनले खुलाए । उनले राम्रो अभिनय गरेको भन्दै निर्देशक अधिकारीले आँचलको अभिनयका कारण दर्शकले आँसु चुहाउने बताउँछन् ।
फिल्ममा नेपाल, भारत र पाकिस्तानको सम्बन्धका विषयलाई समेत उठान गर्न खोजिएको बताइएको छ । साउथ फिल्म मन पराउने दर्शकका लागि ‘हिटम्यान’ ले तान्न सक्ने निर्माण पक्षको दाबी छ । फिल्ममा उच्च किसिमको प्रविधि प्रयोग छ ।
अमेजन प्राइम भिडियोका तर्फबाट भेन्डरपार्टनर राजीवले इन्डो–नेपाली फिल्म हिटम्यानसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नेपालका लागि वितरक पोखरेली केदार पराजुलीले फिल्म राम्रो रहेकोले सहकार्य गरेको बताए ।
९९ सिनेमाज र इस्ट एन्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक अधिकारी निर्माता र सन्नी लावती सहनिर्माता हुन् । फिल्ममा साउथ इन्डियाका चर्चित संगीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् ।
चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा संघ अध्यक्ष प्रभु अधिकारी र सचिव सन्तोष बस्यालले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१