पोखरा । त्रिभुवन आर्मी क्लब र वागमती प्रदेश केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल खेल्ने भएका छन् । यस्तै, अर्को सेमीमा विभागीय एपिएफ क्लब र मधेश प्रदेशबीच फाइनल प्रवेशका प्रतिस्पर्धा हुनेछ ।
मंगलबारको खेलमा जित हात पारेको विभागीय आर्मी समूह ‘डि’ को शीर्ष टोली हो । उसले ४ अंक बटुलेको छ । यस्तै, समूह ‘ए’ को शीर्ष टोली बागमतीले समान ४ अंक बटुल्दै आमीसँग बिहीबार पहिलो सेमिफाइनल खेल्नेछ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा मंगलबारको खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । मंगलबार आर्मी र कोशी प्रदेशबीचको खेलमा आर्मीका भीम सार्की र सन्तोष कार्कीले अर्धशतकीय पारि खेल्दा कोशी ३९ रनले पराजित भयो । टस जितेर पहिल ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतकीय पारि खेले । सन्तोषले ४१ बलमा ५० रन बनाएर रिटायर्ड हर्ट हुँदै पेभिलियन फर्किंदा भीमले २४ बलमा ५३ रन बनाए । आर्मीका कप्तान विनोद भण्डारीले १७ र रोहित पौडेलले २३ रनको योगदान दिए ।
कोशीका सर्वण यादवले सर्वाधिक ३ विकेट लिन सफल भए । उनले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिएका हुन् । कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले समान १–१ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको कोशी १८ दशमलब २ ओभरमा १ सय ४७ रनमा समेटियो । सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाउँदा समीर कार्की ३४, सुजन थपलिया २१ र मनीष थापाले १६ रन जोडे ।
बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २–२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहव आलम र रोहित पौडेलले १–१ विकेट लिन सफल भए ।
मंगलबारको अर्को खेलमा सुदूरपश्चिमले ४ विकेटले नेपाल पुलिसलाई हरायो । १५९ रनको लक्ष्य सुदूरले १८ दशमलब ४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
विजयी सुदूरसँगै पुलिस क्लब प्रतियोगिताबाट बाहिँदा रनरेट आधारमा मधेश प्रदेशलाई फाइदा पुगेको छ । समूह ‘सि’ का ३ वटै टिमको बराबर अंक थियो ।
सुदूरका लागि प्लेयर अफ दि म्याच किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेले । ३४ बलको सामना गरेका उनी नटआउट रहँदै ५१ रन बनाए । किरण र नरेन साउदले उत्कृष्ट पारी खेल्दै ९३ रनको साझेदारी गरेका थिए । नरेनले ३९ बनाए । सुदूरका लागि नारायण जोशीले ७ बलमा १७ रन प्रहार गरी विभागीय टोलीविरुद्ध जित सुनिश्चित गरे । पुलिसका लागि राशिद खानले ३ विकेट लिए भने सुनिल धमला र सागर ढकालले समान १–१ विकेट हात पारे ।
टस जितेर पारीको सुरुवात गरेका पुलिसका लागि ओपनर कुशल भूर्तेलले ५१ बलको सामना गर्दै ६७ रन बनाए । अर्का ओपनर सुनिल धमलाले ४० बलमा ४२ रन जोडे ।
बुधबार एकमात्र खेल हुने आयोजक मदन भण्डारी स्पोर्टस्ले जनाएको छ । जसमा आयोजकको नीलो र कोशी प्रदेशबीच हुनेछ ।
Related News
सम्बन्धित समाचार
अन्तरमावि छात्रछात्रा टि–२० क्रिकेट सुरु
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१