पोखरा । घरेलु मैदानमा भारतलाई हराउँदै अस्ट्रेलिया आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को च्याम्पियन बनेको छ । उसको लागि यो छैटौं उपाधि हो ।
आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनलमा टस जितेर पहिले फिल्डिङ रोजेको अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो । जसमा ट्राभिस हेडको १३७ रन जितका लागि महत्वपूर्ण बन्यो ।
भारतको लागि भने तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन । सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो । विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा ब्याटिङ कमजोर रह्यो ।
भारतले २४१ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले ४२ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेटाएको हो । भारतले विराट कोहली र केएल राहुलको अर्धशतक मद्दतमा २४० रन जोेडेको थियो । रोहितको नेतृत्वमा भारतले राम्रो थालनी गरे पनि ठूलो स्कोर कायम गर्न सकेन ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१