लमजुङ । साम्बा नामले परिचित महिला फुटबल खेलाडी सफल सावित्रा भण्डारीलाई जन्म गाउँमा भव्य रुपमा सम्मान गरिएको छ । अनुशासन, पर्यटन प्रबद्र्धन र सामाजिक सद्भावसहित स्वास्थ्यको लागि खेलकुद’ नाराका साथ आयोजना गरिएको खेलकुद कार्यक्रम समापनका अवसरमा मस्र्याङ्दी गाउँपालिका– ९ स्थित दिव्यज्योति युवा क्लबले उनलाई सम्मान गरेको हो ।
सम्बालाई मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङले दोसल्ला, सम्मानपत्रले सम्मान गरे । वडाअध्यक्ष हरिश्चन्द्र थापा, क्बलका अध्यक्ष परशुराम थापालगायतले माला पहिराइदिए । सिम्पानी गाउँमा जन्मिएर फुटबल खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन र गाउँ, जिल्ला तथा देशलाई चिनाउन सफल भएकोमा साम्बालाई सम्मान गरिएको क्लबका सचिव रञ्जना राउतले बताइन् ।
सम्मान ग्रहणपछि साम्बाले आफ्नो बाल्यकालको स्मरण गर्दै आफू पनि गाउँ यस्तै ससाना खेलमैदान तथा खेतका गह्राहरूमा खेलेर आजको स्थान हासिल गर्न सकेको हुँदा भाइबहिनीहरूलाई खेलकुदमा उत्साहपूर्वक भाग लिन आग्रह गरिन् ।
खेलकुदअन्तर्गत फुटबल, पुरुष तथा महिला भलिबल प्रतियोगिता, १९ वर्ष कम उमेरका लागि कुर्सी चाल, घैंटो फुटाई, केटा र कटीको छट्टाछुट्टै बेलुन फुटाई प्रतियोगिता समेत गरिएको आयोजक क्लबकी सचिव रञ्जना राउतले जानकारी दिइन् ।
पुरुष भलिबलतर्फ प्रथम र द्वितीय हुने टोलीलाई क्रमशः २० हजार र १० हजार तथा महिलातर्फ पहिलो हुने र दोस्रो हुने टिमलाई क्रमशः ४ र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
फुटबल प्रतियोगितातर्फ पहिलो हुने टिमलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार वितरण गरिएका क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष परशुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडानं. ९ का अध्यक्ष हरिश्चन्द्र थापा, कार्यपालिका सदस्य मधुमाया बगाले, निवर्तमान वडाध्यक्ष नारायणबहादुर थापा, माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना सरोकार तथा समन्वय समिति अध्यक्ष नन्दराज तामाङ, खुदी जलविद्युत् आयोजना सरोकार तथा समन्वय समितिका अध्यक्ष रामबहादुर थापा लगायत सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१