काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार खेल नै जितेको थियो ।
नेपालले पहिलो खेलमा युएईलाई सात विकेटले हराएको थियो भने दोस्रो खेलमा हङ्कङलाई ६ विकेट पराजित गरेको थियो । त्यस्तै नेपाललले पुनःतेस्रो खेलमा हङ्कङलाई ७९ रन र अन्तिम खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो ।
यता युएईले भने एक खेलमात्रै जितेको थियो । हङ्कङलाई नेट रनरेटले पछि पार्दै युएई फाइनलमा पुगेको थियो । युएईले पहिलो खेलमा हङ्कङलाई ६ विकेट हराएको थियो भने दोस्रो खेलमा हङ्कङसँग ६९ रनले पराजित भएको थियो ।
आजको खेलमा नेपालले दिएको १६३ रनको लक्ष्यलाई युएईले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउदै पूरा ग¥यो । युएईका लागि कप्तान मोहम्मद वासिमले सवाधिक ४५ रनको योगदान दिए । उनले २२ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ४५ रन बनाएका हुन् ।
त्यस्तै वृत्य अरविन्दले २६, आर्यान्स शमाले २५, बसिल हमिदले २२, अलिसान शरर्फुले १३ तथा अलि नासिरले ११ रन जोडे । पहिलो विकेटका लागि वासिम र शर्माले ७१ रनको साझेदारी गरेका थिए । नेपालका लागि अविनाश बोहरा र गुल्सन झाले समान दुई विकेट लिए भने कुशल मल्लले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै करण केसीले अविजित २३ रन बनाए । उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन् ।
दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए । कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए । त्यस्तै आसिफ शेख ७ रनमा आउट भए । उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन् ।
कुशल मल्ल एक रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए । बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान दुई/दुई विकेट झारे । त्यस्तै जुनैद शिद्धिकीले एक विकेट लिए । रासस
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१