पोखरा । बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रले विद्यार्थी र अभिभावकलाई साइबर सुरक्षासम्बन्धी सचेतना दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रले सो सचेतना कार्यक्रम गरेको हो ।
साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, टिकटक, इमो, व्हाटसप, भाइबर, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट हुने गरेको र त्यस्ता घटनालाई सामान्य रुपमा लिंदा समस्या बढिरहेको भन्दै साइबर अपराध न्युनीकरण गर्न सचेतना कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष केशवराज आचार्यले बताए । शान्ति उदय मावि बरपाण्डेथुम, चण्डी मावि, बरभोटानी, कालिका माविका विद्यार्थी, शिक्षक अभिभावक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रनाउ श्रवणकुमार विकले सामाजिक सञ्जालमा हुने आपराधिक घटना साथै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेयर ह्याकिङ, इमेल ह्याकिङ र त्यसबाट बच्ने उपाय र कानुनी उपचारका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा अधिवक्ता रामचन्द्र त्रिपाठी, मनोविश्लेषक पदमराज जोशी, बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रका सल्लाहकार केशवराज लम्साल, मोती भुजेल, पोखरा ३३ का वडा सदस्य दुर्गादेवी थापा केसी, वडासचिव युवराज पौडेल, गण्डकी प्रदेश बाल क्लब पूर्व अध्यक्ष दीपा आचार्य, कालिका माविकी छात्रा कञ्चन लिम्बु लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१