पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लब विजयी भएका छन् ।
पहिलो खेलमा कास्कीले राइजिङ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको राइजिङले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङका अनिल गुरुङले १८ रन जोेडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको लक्ष्य कास्कीले १३.२ ओभरमै भेट्यायो । कास्कीका विष्णु शर्माले १९ तथा शाहिल कुँवरले १३ रन बनाए । बलिङतर्फ ३ विकेट लिएका कास्कीका आदित्य थापा म्यान अफ द म्याच भए । उनलाई आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पुरस्कृत गरे ।
अर्को खेलमा अरण्यज्योतिले पोखरा क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको पिसिसीले पूरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पिसिसीको तर्फबाट मुस्कान थापाले ६० तथा अर्जुन बुढाथोकीले ३५ रन बनाए । अरण्यज्योतिका बलरहरु इर्साद आलमले ३ तथा सन्तोष शर्माले २ विकेट लिए । अरण्यज्योतिले १७.३ ओभरमा ८ विकेट गुमाएर जीत हासिल गर्यो । अरण्यज्योतिको ब्याटिङमा म्यान अफ द म्याच अशेष न्यौपानेले ५१, दिवस गिरीले २२ तथा सन्तोष शर्माले १७ रन जोडे । पिसिसीका विजय रावतले ह्याट्रिकसहित ३ विकेट लिए । प्रमोद बास्तोलाले २ विकेट लिएका थिए ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
hero news full width
मुख्य समाचार
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१