पोखरा । बाटुलेचौरमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक तीज मेला सोमबार हुने भएको छ ।
हिमालय क्लब आयोजनामा असोज १ गते स्थानीय खेल मैदानमा हुन लागेको मेलामा आन्तरिक बाहेकका सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा विगतका वर्षमा विभिन्न खेलकुदसहितका कार्यक्रम आयोजना गरेको क्लबले यस वर्ष विशुद्घ तीज गीत र नृत्यलाई प्राथमिकता दिने अध्यक्ष सुशील बस्नेतले बताए । मेलामा १७ वटा समूहले भाग लिने सचिव शिवराज देवकोटाले बताए ।
उद्घाटनमा लोकदोहोरी गायक राजन कार्की र ज्योति लोहनीको प्रस्तुति रहने छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, मानार्थ सदस्य बेनीबहादुर बस्नेत, सल्लाहकार रामबहादुर बानियाँ, खिमलाल अधिकारी, संयोजक ताराप्रसाद तिमिल्सिना, लक्ष्मी श्रेष्ठ, महिला नेतृ लक्ष्मी पाण्डेलगायतले तीज पर्वलाई मौलिक र संस्कृतिक बनाउन पहल गर्ने बताए ।
तत्कालीन कास्कीका राजा कुलमण्डन शाहकै पालादेखि वाटुलेचौर तीज गीतका लागि प्रख्यात रहेको पाइन्छ ।
Related News
सम्बन्धित समाचार
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा १५ मा अपांगता भएका २११ जना
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१