कतारमा भलिबल, कास्की आदर्श समाजलाई उपाधि

आदर्श समाज सम्वाददाता
असार २१, २०८०
qatar (2)

कतार । कास्की आदर्श समाज कतारको आयोजना साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार खेलकुद विभागको सहकार्यमा सम्पन्न अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक कास्की आदर्श समाज कतारले हात पारेको छ ।

इस्लाम धर्मालम्बीको पर्व बकर इदको अवसर पारेर खेलाइएको खेल ३ दिनसम्म चलेको थियो । आयोजक संस्थाका अध्यक्ष अग्निधर देवकोटाका अनुसार प्रतियोगितामा १४ टिमको सहभागिता थियो ।

प्रतियोगितामा दोस्रो युथ क्लब ३८, तेस्रो स्याङ्जा सहयोग समाज कतार र चौथो बागलुङ सेवा समाज भए । प्रथम हुने कास्की आदर्श समाजले नगद कतारी रियाल ५ हजार, दोस्रो, तेस्रो र सान्तवना हुने टिमले क्रमश २ हजार ५ सय १ हजार र ५ सय ट्रफी, मेडल, खादा र प्रमाणपत्र प्राप्त गरे ।

सर्वाेत्कृस्ट खेलाडी कास्की आदर्श समाजका विशाल विक, उत्कृष्ट स्पाइकर युथ क्लब ३८ का सरोज थापा, उत्कृष्ट ब्लकर कास्की आदर्श समाजका राजेन्द्र पोख्रेल, उत्कृष्ट सटर कास्की आदर्श समाजका मनोज खड्का र उत्कृष्ट डिफेन्स स्याङ्जा सहयोग समाजका सञ्जु सुनार भए ।

कार्यक्रमको सहजीकरण सस्थाका सचिव विष्णु तिमिल्सि, प्रतियोगिताको संयोजन अमृत विश्वकर्माले गरेका थिए । प्रतियोगिता अवलोकनका लागि नेपालबाट राष्ट्रिय रेफ्री मनोज खड्का एवं राष्ट्रिय खेलाडी विशाल विक पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…

hero news full width