पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश भलिबल संघ गण्डकीको व्यवस्थापनमा पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय महिला भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबारको खेल जित्दै स्याङ्जा, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेको प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले बताए ।
म्याग्दीले मनाङलाई २५–२, २५–१८ को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइलको यात्रा तय गरेको छ । उपाधि नजिक पुग्न म्याग्दीले बागलुङको सामना गर्ने भएको छ । बागलुङले गोरखालाई २५–१७, २५–२२ ले पराजित गर्दै म्याग्दीसँग अन्तिम चारमा भेट पक्का गरेको रेफ्री टुकबहादुर गुरुङले बताए ।
यस्तै, स्याङ्जाले कास्कीलाई र पर्वतले तनहुँलाई पराजित गर्न सफल भए । स्याङ्जाले कास्कीलाई २५–२१, २५–१९ र पर्वतले तनहुँलाई २५–१२, २५–१३ ले हराएको हो ।
उपाधि विजेता टिमले नगद १ लाख, उपविजेताले ७० हजार र तृतीयले ४० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५ हजार दिइनेछ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लाले भाग लिएका छन् ।
Related News
सम्बन्धित समाचार
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१