पोखरा । नेपाल घुम्न आउने चिनियाँ नागरिकको सुविधाका लागि डिजिटल पे मेन्ट ‘विच्याट पे’ शुभारम्भ गरिएको छ ।
पर्यटकीय नगरी पोखरामा बिहीबार आयोजित समारोहमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले क्युआर कोड स्क्यान गरी उक्त सेवाको शुभारम्भ गरे । उनले सोमार्फत फुवा डुंगा व्यवसायी संगठनलाई रकम सहयोग गरेका हुन् ।
टेनसेन्ट होल्डिङ्सको सहकार्यमा एनएमबि बैंकद्वारा सुरुआत भएको यो सेवा विशेषगरी नेपाल घुम्न आउने चिनियाँ नागरिकको खल्तीमा पैसा सकिए पनि डिजिटल पेमार्फत भुक्तानी गर्न सक्ने छन् । योबाट सिधैँ चीनको बैंकदेखि नेपालको एनएमबि बैंकसँग कारोबार हुन्छ । यो डिजिटल प्लेटफर्म हो । जसले क्यासलेस कारोबार गर्न सहयोग गर्छ । पहिलो पल्ट एनएमबि बैंकले नेपाल राष्ट्र बैंकसँगको स्वीकृतिमा नेपालमा यो सुविधा भित्राएको हो । नेपालमा इसेवा, खल्ती जस्तै विच्याट पे चीनमा बढी लोकप्रिय मानिन्छ ।
कारोबार सुरक्षित रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको दाबी छ । यसबाट चिनियाँ नागरिकलाई लाभ मिल्ने उनले बताए ।
सेवा शुभारम्भ समारोहमा बोल्दै चिनियाँ राजदूत चेन सोङले यसबाट आफ्ना नागरिकको लागि सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले विदेशी मुद्रा नेपालमा सहजै भित्राउन मद्दत मिल्ने र व्यापार व्यवसायमा समेत टेवा पुग्ने बताए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले यो सेवा डिजिटल बैंकिङमा एक फड्को भएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, बैंकका निर्देशक योगेन्द्रलाल प्रधान, बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, बैंकका गण्डकी प्रदेश प्रमुख दुर्गाराज पुरी, कर्मचारी साइसा कार्कीले बोलेका थिए ।
द बैंक अफ दि इयर एसिया–२०२१ बाट सम्मानित एनएमबि लगातार अवार्ड प्राप्त गर्ने बैंक हो । सन् २०१७, ०१८, ०२० र ०२१ मा यो बैंक अफ दि इयर भएको थियो । यसले देशभर २ सय १ शाखामार्फत सेवा दिँदै आएको छ । एनएमबिको १ सय १८ एटिएम तथा १२ एक्स्टेन्सन काउन्टर छन् ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकाको मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१