सिद्धार्थ क्लबद्वारा शैक्षिक सामग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
siddratha club (1)

पोखरा । सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले शैक्षिक सामग्री वितरण गर्दै सरकारी विद्यालयहरुलाई प्राप्त हुने स्थानीय तहको सहयोग मात्र पर्याप्त नहुने हुदाँ संघसंस्थाहरुको सहयोग पनि महत्वपूर्ण रहेको बताए । उनले प्राप्त सहयोग सामग्रीको सदुपयोग गर्नुपर्ने बताए ।

सिद्धार्थ क्लब अध्यक्ष प्रमोदनारायण श्रेष्ठले २ दशकदेखि सिद्धार्थ क्लबले विपन्न समुदायका विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न छात्रवृत्तिको व्यवस्था, शैक्षिक, खेलकुद सामग्री वितरण एवं विद्यालयको भौतिक पूर्वाधार विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाए ।

महालक्ष्मी मोबाइल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारीले अनुशासन, आत्मविश्वास, सकारात्मक सोचले विद्यार्थीहरुलाई अगाडि बढ्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा पनि क्लबसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

क्लबका सल्लाहकार समिति सहसंयोजक अनिल श्रेष्ठ, युवा वर्ष आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पहारी र मणिज्योति आधारभूत विद्यालयका शिक्षक कृष्णप्रसाद तिमिल्सिनाले सिमान्तकृत समुदायका विद्यार्थी लक्षित कार्यक्रमले विद्यार्थीको शैक्षिक जीवनमा सकरात्मक प्रभाव पार्ने बताए ।

क्लबको बाल शैक्षिक कार्यक्रमअन्तर्गत ११ सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३७ जना विद्यार्थीलाई आवश्यक कापी, पेन्सिल, इरेजर, कटर, ड्रइङ, कापी, एक एक थान झोला वितरण गरेको थियो । क्लब सचिव रवि मर्सानीले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले गरेकी थिइन् । विद्यार्थीलाई वितरित झोला महालक्ष्मी मोबाइल्सले प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width