नर्सको मनोबल बढाउन अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
nurse

पोखरा । नेपाल युथ नर्स सोसाइटीको आयोजनामा पोखराका नर्सहरुको मनोबल उच्च बनाउन अन्तक्र्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम भएको छ । विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग भएको अन्तक्र्रियामा वक्ताले नर्सहरुको समस्याका विषयमा बोलेका थिए । अस्पतालमा नर्स र बिरामीको समन्वय हुन नसकेको, जिम्मेवारी अनुसारको पारिश्रमिक नभएको, सरकारले नर्सका विषयमा चासो नदिएको जस्ता गुनासा नर्सहरुको थियो ।

अस्पताल प्रशासन र राज्यले नर्सिङ क्षेत्रमा देखाउनु पर्ने चासो नदेखाएको सहभागीको भनाइ थियो । राज्यले तदारुकताका साथ नर्सिङ क्षेत्रमा समस्याको पहिचान गरी अनुगमन र उचित नीति नियम कार्यान्वयन गरिदिन उनीहरुको माग छ । पछिल्लो समय सामाजिक सञ्जालमा नर्सहरुको पेसाप्रति गलत टिप्पणी आइरहेको हुँदा उनीहरुको मनोबल गिर्न नदिन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सरस्वती पुरीले बताइन् । नर्सहरुको समस्या बुझ्न र उनीहरुको मनोवल उच्च राख्न क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रमले अहिले नर्सका समस्या के के छन् थाहा पाउन सहज भएको कार्यक्रम सहसंयोजक सरस्वती श्रेष्ठले बताइन् । पोखराका विभिन्न नर्सिङ क्याम्पस र अस्पतालका ५० जनाले कार्यक्रममा भाग लिएका थिए । कार्यक्रम सञ्चालन विवेक रानाभाटले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width