सहिद स्मारक आविमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
plantation

पोखरा । पोखरा महानगरपालिकामा रहेको सहिद स्मारक आधारभूत विद्यालयको परिसरमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको छ । गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले विद्यालय परिसरमा फलफूलको बिरुवा रोप्दै प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय आएको बताइन् ।

पोखरा ३० का वडा अध्यक्ष दुर्गा सुवेदीले विश्वमा वातावरण भयावह अवस्थामा रहेको र बोटबिरुवा रोपी वातावरण स्वच्छ राख्न स्थानीयलाई आग्रह गर्दै लेखनाथ केन्द्रित विकास अहिलेको आवश्यकता औंल्याइन् ।

विद्यालयका शिक्षक कृष्ण पौडेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम लिगलले वातावरणलाई व्यवस्थित गर्न विद्यालय नजिकै रहेको प्रदेश ट्राफिक कार्यालय अन्यन्त्र हटाइ त्यस ठाउँमा यातायात कार्यालयको स्थापनाका गर्न आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width