पोखरा । पोखरा इन्जिनियरिङ कलेजको आर्किटेक्चर तेस्रो वर्षका विद्यार्थी भारत प्रस्थान गरेका छन् । नेसनल एसोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर (नासा) भारतको आयोजनामा पञ्जाबको जालन्धरमा
२६ देखि २९ जेठसम्म हुने ६५ औं सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलनमा दक्षिण एसिया राष्ट्रका करिब ३ सयभन्दा बढी कलेजका विद्यार्थीले भाग लिने सम्मनेलमा विशेष गरेर डिजाइनसम्बन्धी विषयबस्तुमाथि केन्द्रित रहेको छ । प्रबुद्ध आर्किटेक्चरको पनि सहभागिता रहने सो सम्मेलनमा कि–नोट स्पिकर साथै मास्टर क्लास, सेमिनार, ६० भन्दा बढी वर्कसप र विभिन्न सांस्कृतिक कार्यक्रम हुने विभागीय प्रमुख आ. प्रद्युम्न अधिकारीले बताए ।
सार्क राष्ट्रभित्रका स्नातक तह आर्किटेक्चरका करिब ४ हजार विद्यार्थीको जमघट रहने सो सम्मेलन विद्यार्थीको ज्ञान अभिवृद्धिको लागि एक उपयुक्त प्लेटफर्म रहेको कलेजकी प्रिन्सिपल आ. रोजना जोशीले बताए । नासा भारत आर्किटेक्चर विद्यार्थीहरुको एउटा बृहत् संस्था हो । जसले हरेक वर्ष भारतका विभिन्न क्षेत्रका कलेजमा यस प्रकारको सम्मेलन आयोजना गर्ने गर्दछ ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१