पोखरा । पत्रकार कृष्णमणि बरालले वातावरण पत्रकारिता पुरस्कार–२०२२ पाउने भएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जुन ५’ को अवसरमा उक्त पुरस्कार बराललाई दिने घोषणा गरेको हो । २५ वर्षदेखि पत्रकारितामा क्रियाशील बराल हाल अन्नपूर्ण पोस्टमा कार्यरत छन् ।
समूहले प्रत्येक वर्षको जुन ५ मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्यांकका आधारमा मूल्यांकन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२२ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व महासचिव रमेश भुसाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलित ३ सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो ।
समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराल ३६ औं पत्रकार हुनुहुन्छ । यो पुरस्कार समूहको आगामी साधारणसभाका दिन हस्तान्तरण गरिने छ ।
Related News
सम्बन्धित समाचार
पोखरा देशभरकै प्रदूषित सहर
आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
अझै दुई दिन पानी पर्ने
तारेपहरो डम्ठी वनमा दुर्गादत्त
पोखरामा मनाइयो विश्व सिमसार दिवस
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१