पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको भूमी समेटिएको विरोधमा पोखरामा प्रदर्शन गरेको छ । उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्लासमेत दहन गरे ।
राष्ट्रिय प्रजातान्त्रिक भूपू संगठन कास्की र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको आयोजनामा बिहिवार पृथ्वीचोकमा राँको सहितको प्रदर्शन गरिएको हो ।
राप्रपाले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको विरोधमा बिहीबार राँकोसहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी गराए । गिरीले सरकार नसच्चिए आन्दोलनका कार्यक्रम थप चर्किने चेतावनी दिए ।
सरकारले एकपछि अर्को गल्ती गरिरहेको र शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई छुटाउने खेल भइरहेको उनले बताए ।
सहभागीले ‘दलाल सरकार मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, लुम्बीनी कपिलवस्तु हाम्रो हो, गणतन्त्रका दलाल होशियार, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र नेपाल जिन्दावाद, संघीयता खारेज गर, छया ! गणतन्त्र गनायो भारतीयलाई नेपाली बनायो, हामीलाई शरणार्थी बनायो, गणतन्त्र चाहिँदैन नेपाल बेच्न पाइँदैन’ लगायतका नाराबाजी गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१