स्याङ्जा । पुतलीबजार नगरपालिका १४ स्थित पवित्र तीर्थस्थल अब प्याराग्लाइडिङका लागि पनि उपयुक्त भएको छ । पूजाआजाका लागि यहाँ देश तथा विदेशबाट समेत बर्सेनि सयौं धर्मावलम्बीहरु आउने गर्छन् । बाबु एडभेन्चर क्लबले शुक्रबार गरेको परीक्षण प्याराग्लाइडिङ उडान सफल भएसँगै अब यहाँबाट उडान भरिने भएको हो ।
केही सातादेखि पुतलीबजार नगरपालिका, चण्डीकालिका मन्दिर व्यवस्थापन समिति, सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठान र बाबु एडभेन्चर क्लबको आर्थिक प्राविधिक सहयोगमा प्याराग्लाइडिङका लागि उडान क्षेत्र निर्माणसँग प्राविधिक पक्षका बारेमा नियमित परीक्षण गरिँदै आएको थियो । क्लबका संस्थापक एवं अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्याराग्लाइडर सानुबाबु सुनुवार र क्लब अध्यक्ष कृष्णजंग केसी लगायतको ९ जनाले पालैपालो प्याराग्लाइडिङ गरेका थिए ।
पवित्र चण्डीकालिका र सतौंकोटबाट उडान सफल भएको खुसी व्यक्त गर्दै नेपालकै उत्कृष्ट स्थल बन्न सक्ने वडाध्यक्ष जितेन्द्रप्रकाश मल्लले बताए । उनले भने, ‘यस स्थललाई अब धार्मिक तथा पर्यटनसँगै जोडेर विकास निर्माणका कार्य अघि बढाउने छौं ।’
योसँगै स्याङ्जामा ६ स्थानमा प्याराग्लाइडिङको टेक अफ साइड र ल्यान्डका लागि ९ स्थान निर्धारण भैसकेको यहाँबाट पटक–पटक प्याराग्लाइङिङका उडान भरिरहेका पर्यटन विकास समितिका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।
स्याङ्जामा प्याराग्लाइडिङका लागि उपयुक्त भूगोल छ । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पोखरा नजिकै रहेको स्याङ्जाको प्रभाव बढी देखिएको छ ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सानोबाबु सुनुवारले भीरकोटमा एशियामै पहिलो प्याराग्लाइङिङको विद्यालय सञ्चालन गरेपछि यहाँ देश तथा विदेशबाट समेत अध्ययनका लागि आउनेको संख्या पनि सयौं पुगेको छ ।
सैद्धान्तिक अध्ययनसँगै प्रयोगात्मक कक्षाका लागि प्याराग्लाइडिङ उडानमा पनि स्याङ्जाका स्थल निकै उपयुक्त रहेको सुनुवारको भनाइ छ ।
सतौंचण्डीस्थान सँगै यहाँ तत्कालीन बाइसे/चौबिसे राज्यअन्तर्गतको सतौंकोट दरबार पनि छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस स्थलमा प्याराग्लाइडिङ उडानको सफल परीक्षणले स्थानीयवासीमा खुसी छाएको चण्डीकालिका सेवा सुव्यवस्था समितिका सचिव हुमनाथ ढकालले बताए ।
स्थानीयले प्याराग्लाइडरलाई फूलमालाले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिभल सुरु
विपद् प्रतिकार्यमा महानगर प्रतिबद्ध छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१