पोखरा । पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेबान पोखरा) ले आयोजना गरेको कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ । सिटी रेवान पोखराको वार्षिक क्यालेन्डर अनुसार सिर्जनाचोकमा बिहीबार रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमको रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्माले होटल व्यवसायी महासंघ गण्डकीका महासचिव देवेन्द्र लम्साललाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सिटी रेवान पोखरामा आबद्ध व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणले रक्तदान गरेको सिटी रेबान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्माले रक्तदान कार्यक्रम आयोजना गरेर सिटी रेबान पोखराले उदाहरणीय कार्य गरेको बताए ।
सिटी रेवान पोखरा अध्यक्ष दीपक तिमिल्सिनाले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको बताए । व्यवसायसँगै सामाजिक कार्य गर्नुपर्छ भन्ने संस्थाको मान्यताअन्तर्गत वार्षिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको उनको भनाइ थियो । ‘रगत अभावमा कसैको ज्यान नजाओस् अनि रक्तदान गर्नेले पनि स्वास्थ्य लाभ प्राप्त गर्न सकोस् । यसो भयो भने रक्तदान गर्नेले पनि स्वस्थ जीवन प्राप्त गर्छ अनि रगत अभावमा अस्पतालमा छटपटाइरहेका बिरामीले पनि रगत पाएर ज्यान बचाउन सक्छ भन्ने उद्देश्यले हामीले रक्तदान गरेका हौं,’ उनले भने ।
संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, निवर्तमान अध्यक्ष पिताम्बर शर्मालगायतले रक्तदान जीवनदान सरह भएको भन्दै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि संस्थाले निरन्तर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमलप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष तुलसा जिसी, सचिव केशव घिमिरे, कार्यक्रम संयोजक तथा कोषाध्यक्ष प्रेम सापकोटालगायतले संस्थाले गर्ने सामाजिक कार्य र रक्तदानको महत्वका बारेमा बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१