पोखरा । होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ग्रान्ड ओपनिङ तथा फुड कार्निभलमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपूतको प्रस्तुति रहने भएको छ ।
पाेखरा अमरसिंहचोकस्थित होटल टास्कको तीन वटै आउटलेटबाट न्युनतम खुद्रा मूल्यमा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ग्रान्ड ओपनिङमा जेठ १३ गते सपूतको प्रस्तुति रहने होटल टास्क सञ्चालक मीन गुरुङले जानकारी दिए ।
‘सबैको लागि लेकाली, सधैँको लागि लेकाली’ उद्घोषसाथ सञ्चालित लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारबाट गण्डकी प्रदेशकै न्युनतम खुद्रा मूल्यमा गोर्खा बु्रअरीको उत्पादनका टुबोर्ग, गोर्खा (प्रिमियम) र काल्सवर्ग बियरसहित पोर्क, मटन, चिकन र बफका परिकारहरु बिक्री गर्दै आइरहेको छ । खानाका परिकारसहित स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।
कोरोनाले आर्थिक मन्दी भइरहँदा सेवामूलक व्यवसायमार्फत ग्राहकलाई सर्वसुलभ मूल्यै बियर र खानाका परिकार पस्किँदै आएको गुरुङले बताए ।
शनिबार दिउँसो ४ बजे हुने ग्रान्ड ओपनिङमा सपूतसहित स्थानीय लोक ब्यान्डको समेत प्रस्तुति रहने छ । उक्त कार्यक्रममा प्रवेश शुल्क १ हजार लाग्छ । टिकटमा एक क्यान बियर उपलब्ध हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१