कास्की मोडनाइज्डमा स्वागत

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८०
kaski modernized

पोखरा । कास्की मोडनाइज्ड एकेडेमीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।

विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले कास्की मोडनाइज्डले आधुनिक युगको मागअनुसारको स्तरीय, व्यावहारिक शिक्षा र शिक्षालाई सिपमा बदल्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको हँुदा विद्यार्थीहरुले त्यसको भरपूर फाइदा उठाउनु पर्ने कुरा बताए । उनले विद्यार्थीमा धैर्यता, अनुशासनका साथै अध्ययनशील जस्ता गुण भए विद्यार्थीले जिन्दगीमा सत्प्रतिशत सफलता पाउने सक्ने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीले पनि शुभकामना मन्तव्य राखेकी थिइन् ।

पुराना विद्यार्थीले स्वागत र नयाँ विद्यार्थीहरुले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

पूर्व प्राथमिक तहको कार्यक्रम पवित्रा तामाङले सञ्चालन गरेकी थिइन् । कक्षा २ देखि ४ सम्मको कार्यक्रम सञ्चालन शिक्षिका कल्पना गुर्माछन्, ५ देखि ७ सम्मको शिक्षक मिलन तिमिल्सिना र ८ देखि १० सम्मको शिक्षक शिवु ढकालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width