पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको लेकसाइडस्थित रत्नमन्दिरको बिहीबार अवलोकन गरेका छन् ।
जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर उक्त मन्दिर परिसर खुल्ला गर्ने तयारी गरिएको छ ।
रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्न पोखराका स्थानीय, व्यवसायीहरुले माग गर्दै आएका थियो ।
रत्नमन्दिर परिसर पर्यटकहरुकालागि पनि नयाँ गन्तब्य बन्ने विश्वास मुख्यमन्त्री पाण्डेले व्यक्त गरे । उनले यस्ता ऐतिहासिक सम्पदा, पुरातात्विक महत्व बोकेका संरचनालाई संरक्षणसँगै पर्यटन प्रर्वद्धनमा जोड्नुपर्ने बताए ।
मन्दिरको मुख्य भाग खुल्ला गर्न भने प्राविधिक समस्या रहेको जानकारी नेपाल ट्रस्टले गराएको छ । त्यहाँ भित्र के कस्ता सामग्रीहरु छन् भन्ने बारेमा परिसरमा पुगेका सर्वसाधारण, पर्यटकहरुलाई मुख्य मन्दिर खुल्ला गर्न सहज नहुँदा सम्म अन्य कुनै माध्यमबाट मन्दिर भित्रको वस्तुस्थिति देखाउने व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१