प्रधानमन्त्री पुष्मकमल दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुन पाए के–के न गर्ने आश र लोभ देखाए । पहिलो पटक प्रधानमन्त्री हुन उनले गठबन्धन गरी चुनाव लडेको नेपाली कांग्रेस लगायतका पार्टीहरुलाई त्यागेर एमालेसँग गठबन्धन गरे । तर त्यसको १ महिनापछि नै फेरि एमालेलाई पार्टी त्याग गरेर पुरानै गठबन्धनमा सामेल भए । त्यसबेला उनले अब आफूले भाषण गर्ने होइन, काम गर्ने भनी आश्वासन दिए । तर यतिञ्जेल उनले कुनै दिन पनि भाषण नगरी बसेनन् । दिनको तीनचार ठाउँमा गएर बोल्नुलाई नै उनले प्रमुख काम सम्झे । उनले भाषण गरिरहेकै छन् । विगत म ४/५ महिनामा उनको कुनै त्यस्तो उल्लेख्य काम देखिएन । अहिले उनले चतुर्याइपूर्वक बजेट देखाउने गरेका छन् । आफूले उत्पादकत्व र रोजगारी बढाउने बजेट ल्याउन तयार भएको भन्दै बजेटको प्रतीक्षा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालले अझसम्म आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । उनले नेपाली कांग्रेसको कोटामा परेका मन्त्रालय भन्दै त्यसमा कसैलाई नियुक्ति दिएका छैनन् । त्यसरी कांग्रेसको आन्तरिक विवादका कारण मन्त्रीको नाम दिन नसक्नु कांग्रेसले कमजोरी हो । यो कमजोरीलाई कांग्रसले कतिञ्जेल पालिराख्ने हो, सोचनीय कुरा छ । बाहिर त्यसको के प्रभाव परिरहेको छ, त्यो महत्वपूर्ण कुरा हो । तर नेताहरुको ध्यान त्यतातिर गएको देखिँदैन । ठूला पार्टीका पुराना नेताहरु त आन्तरिक भागवण्डामा लडिरहेका छन् । तर युवा नेताहरु यसमा के हेरिरहेका छन् भन्ने प्रष्ट व्यापक बन्दैछ । पार्टीको त्यो सानो विवाद (भागवण्डा) लाई हप्तौंसम्म मिलाउन नसक्नेले राष्ट्रको समस्याको समाधान के कस्तो गर्लान् भन्ने प्रश्न पनि आउने गरेका छन् ।
मन्त्री नियुक्ति गर्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्रीले पनि आफ्नो विशेषाधिकार प्रयोग गर्न सक्छन्, राम्रो काम गर्ने कसैले आँट गर्दैनन् । हलो अड्काएर राख्नुलाई नै आफ्नो विशेषता सम्झिन्छन् भने समस्याको समाधान कहिले हुन्छ ? प्रधानमन्त्री दाहालले आगामी बजेटतिर हेर भनेर आशा देखाउनुुभन्दा मन्त्रिपरिषद्लाई पूर्णता दिएर कांग्रेसको आन्तरिक समस्यासमेत समाधान हुने गरी मन्त्रीहरु नियुक्त गर्नुमा मन्त्रिपरिषदले पूर्णता त पाउन सक्छ । प्रधानमन्त्री दाहालले ४/५ महिनामा केही गरेनन् भन्नेहरुलाई मन्त्रिपरिषद् पूर्ण भएको काम त देखाउन सकिन्छ । यस्तोमा किन कसैको ध्यान जाँदैन ? यो आश्चर्यलाग्दो कुरा हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१