स्पोर्टस् अवार्डमा उत्कृष्ट प्रशिक्षकको प्रायोजन

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०८०
nsjf award

पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणअन्तर्गत वितरण गरिने उत्कृष्ट प्रशिक्षक विधाको अवार्ड ह्युस्टन एजुकेसनले प्रायोजन गरेको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका तर्फबाट अध्यक्ष दीननाथ बराल र ह्यूस्टन एजुकेशनका तर्फबाट प्रबन्ध निर्देशक पवित्रा थापा मगरले सहमतिपत्रमा हस्ताक्षर गरे । उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार, अवार्ड र प्रमाणपत्र प्रदान गरिनेछ । पोखरा बिपीचोकस्थित ह्युस्टन एजुकेसनले उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीलाई सहजीकरण गर्दै आएको प्रबन्ध निर्देशक पवित्रा थापा मगरले बताइन् ।

मञ्चले २३ वैशाखमा पोखरा सभागृह हलमा स्पोर्टस् अवार्ड आयोजना गर्दैछ । स्पोर्टस् अवार्डमा लाइफटाइम अचिभमेन्ट, वर्ष खेलाडी पुरुष/महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।

पोखरा स्पोर्टस् अवार्ड सफल पार्न गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारिक बिक्रेता कामारु ट्रेडिङ प्रालि, हाम्रो हस्तकला काठमाडौं लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको मञ्च सचिव शशिकुमार पौडेलले बताए ।

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल, उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजारका स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भइसकेको मञ्च महासचिव एवं प्रचार संयोजक राजाराम पौडेलले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width