माउन्ट अन्नपूर्ण माविमा विद्यार्थी बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७९
mount annapurna

पोखरा । पोखरा ३ नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविको म्यान्जनेट तथा होटल म्यानेजमेन्टमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ । जुनियरले सिनियरलाई बिदाइ गर्ने विद्यालयको परम्पराअनुसार कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरेका हुन् ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानांग, विद्यालय निर्देशक अशोक शाही, प्राचार्य सइन्द्रराज श्रेष्ठ, निर्देशक चिजकाजी गुरुङ र अध्यापक विकास गुरुङले शुभकामना दिए ।
यसैबीच विभिन्न विधामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कार वितरण र कक्षा १२ का विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो । कक्षा ११ का विद्यार्थीले सांगीतिक प्रस्तुति राखेका थिए ।
कक्षा ११ की छात्रा प्रभा पुनको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ की छात्रा भूमिका सुवेदीले स्वागत र कक्षा ११ का विद्यार्थीद्वय समीक्षा सिर्पाली र सुजन आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width