पोखरा । वन विज्ञान अध्ययन संस्थान, मातहतको वन क्याम्पस पोखरामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको समूह विजयी भएको छ ।
आइतबार भएको स्ववियु चुनावको मतपरिणाम अनुसार अनेरास्ववियुका समीर कार्की अध्यक्षमा निर्वाचित भएका छन् । उनले २ सय ९५ मत ल्याएर जियी हुँदा प्रतिष्पर्धी नेपाल विद्यार्थी संघका मुबारक अलिले १ सय ३६ मत पाए । सचिवमा अखिल क्रान्तिकारीका धिराजन परियार निर्वाचित भए । धिराजनले २ सय ७७ मत ल्याउँदा नेविसंघका कीर्तन पण्डितले १ सय ४९ मत पाए ।
कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भइन् । उनले २ सय ८२ का ल्याएर विजयी हुँदा नेविसंघकी कीर्ति कँडेलले १४७ मत ल्याइन् । सदस्यमा महादेवसिंह कुशवाह, अनिशा आचार्य, दीपा कार्की, गरिमा गुरुङ र लोकराज थापा निर्वाचित भए । क्याम्पसमा ४ सय ८० मतदाता थिए । जसमा ४ सय ३४ मत खसेको थियो । स्ववियु चुनावका लागि एमाले निकटको अनेरास्ववियु र माओवादी निकटको अखिल क्रान्तिकारीले गठबन्धन गरेका थिए ।
विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका कारण चैत ५ मा चुनाव हुन सकेको थिएन ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१