पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले रजत महोत्सव अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५१ युनिट रगत संकलन भयो ।
पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले पहिलो रक्तदाता रमेश घर्तीमगरलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले सबैभन्दा ठूलो दान रक्तदान भएकोले कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।
एसोसिएसन अध्यक्ष केशवबहादुर खत्रीले रजत महोत्सव अवसरमा यो वर्ष विभिन्न कार्यक्रमहरू गरिरहेको बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजित रक्तदान कार्यक्रम भने नवौं पटक हो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष इन्द्रराज अर्याल र संचालन महासचिव बुद्धिबहादुर कँुवरले गरेका थिए । कार्यक्रममा संस्थाका मानार्थ सदस्य सुदीप ढकाल, सल्लाहकार शिव शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम आयोजनामा रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोग थियो ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१