पोखरामा आर्चरी प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७९
archery

पोखरा । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी लेवन वान ओलम्पिक सोलीडारिटी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।

एक साता चल्ने उक्त प्रशिक्षणको नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्यसचिव तेजबहादुर गुरुङले उद्घाटन गरे । उनले प्रशिक्षणका सहभागीलाई आफ्नो क्षेत्रमा खेलाडी उत्पादनमा लाग्न सुझाव दिए । नेपाल आर्चरी संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटीको सहयोग र वल्र्ड आर्चरी महासंघको प्राविधिक सहयोगमा शनिबारदेखि प्रशिक्षण सुरु भएको संघ अध्यक्ष दीपकराज गुरुङले बताए ।

आर्चरी खेलको विकास र विस्तार गर्ने उद्देश्यले १७ चैतसम्म उक्त प्रशिक्षण पोखरामा हुने छ । गण्डकीसहित कोशी, बागमती, सुदूर पश्चिमाञ्चल प्रदेश, सशस्त्र प्रहरी बल र नेपाली सेनाका समेत गरी १५ जना प्रशिक्षणमा सहभागी छन् । तीमध्ये ५ महिला रहेको कास्की जिल्ला आर्चरी संघ अध्यक्ष योगेन्द्रबहादुर शेरचनले बताए । वल्र्ड आर्चरीका विज्ञ अल्जेरियन प्रशिक्षक खालिद लामाण्डेले प्रशिक्षण दिनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width