डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७९
Death

Representative Image

पोखरा । स्याङ्जाको पुतलीबजारमा डेढ महिनाअघि श्रीमान् र जेठाजुको कुटाइले घाइते कमला न्यौपाने सुवेदीको उपचारक्रममा मृत्यु भएको छ । उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो ।

पुतलीबजार–१३ निवासी सुवेदीलाई २२ माघमा श्रीमान् लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेले निर्धात कुटेका थिए । न्यौपाने दम्पतीका २ छोरी र १ छोरा छन् । छोरी क्रिसला सानीमाको घरमा बसेको मौका पारेर निर्धात कुटिएकी कमलालाई गाउँलेले बेहोस अवस्थामा भेटेपछि पोखरामा उपचारार्थ ल्याइएको थियो । कुटपिटको १५ घण्टापछि मात्र अस्पताल भर्ना गरिएकी कमलाको पोखरामा उपचार हुन नसकेपछि भेन्टिलेटरमा राखेर नर्भिक लगिएको थियो ।

कुटपिटमा संलग्न श्रीमान् र जेठाजुलाई प्रहरीले २२ माघमा नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले जेठाजु केशवराजलाई ३ चैतमा २ लाख धरौटीमा रिहा गरेकोमा पति लक्ष्मीप्रसादलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width