बाबुको किरिया बसेका सांसद बराल मतदानका लागि काठमाडौंतिर

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७९
prakash baral

पोखरा। बाबुको किरियामा बसेका सांसद बराल आज हुने उपराष्ट्रपति पदको चुनावका लागि काठमाडौं गएका छन् ।

नेपाली कांग्रेसबाट गण्डकी प्रदेशसभामा निर्वाचित बराल बुद्ध एअरको जहाज चढेर काठमाडौं गएका हुन् । उपराष्ट्रपति पदको निर्वाचनको लागि मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

पोखरा महानगरपालिका वडा २२ स्थायी घर भएका सांसद बरालका बाबु लोकराज बरालको ८२ वर्षको उमेरमा गत २६ फागुनमा निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै