पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानमा आमरण अनसन

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७९
333444678_1545538295956552_4603511938630939597_n

पोखरा, १ चैत । पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानमा नेवि संघका विद्यार्थीले आमरण अनसन थालेका छन् । बुधबारदेखि विद्यार्थी सन्तोष थपलिया र विभीषण ओली अनसनमा छन् ।

टिकट वितरणमा नेविसंघ नेतृत्वले हस्तक्षेप गरेकोमा असन्तुष्ट रहँदै आएको नेवि संघको सो समूहले निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यतालिका फेरि पुरानै प्रक्रियाबाट सुरु गर्नुपर्ने माग गरेको छ ।

आगामी चैत ५ मा हुने स्ववियु निर्वाचनको लागि गत फागुन २७ मा मनोनयन दर्ता भएको थियो । जसमा नेविसंघ क्याम्पस इकाइसँग सहकार्य नगरिकन नेविसंघ जिल्लाले एक्कासि मनोनयन बुझायो । जसबाट इकाइ अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्य असन्तुष्ट बने ।

नयाँ निर्वाचन अधिकृत तोकेर पुरानै प्रक्रियाबाट सुरु गर्नुपर्ने माग

इकाइका कुल २१ मध्ये ३ उपसभापति, १ सचिव, १ सहसचिव र १ कोषाध्यक्ष सहित १७ जनाले सोही दिन राजीनामा बुझाएका थिए । २ दिनपछि मनोनयनको अन्तिम नामावलीमा समानुपातिकमा आफ्नो नाम समावेश गरिएकोमा सो समूहले चर्को असन्तुष्टि व्यक्त गर्‍यो । नेविसंघ क्याम्पस इकाइ समिति उपसभापति विवेक घिमिरेले आफ्नो उपस्थितिबिनै समानुपातिकमा नाम समावेश गरिएको बताउँछन् । यस्तो असहज परिस्थितिमा कुनै पनि हालतमा चुनाव नलड्ने र विद्यार्थीले राखेका माग सम्बोधन हुनुपर्ने उनी जिकिर गर्छन् ।

अहिले स्ववियु निर्वाचन कार्यालय र प्रशासन दुवैमा विद्यार्थीले ताला ठोकेका छन् ।

निर्वाचन अधिकृत राजेश भट्टराईले असहज परिस्थितिमा काम गर्न नसक्ने भनी मंगलबार क्याम्पस प्रमुखलाई राजीनामा बुझाइसकेका छन् । उनले अब जिम्मेवारीबाट पन्छिएकोले कुरा कुनै आधिकारिक नभएकाले यसबारे क्याम्पस प्रशासनसँग बुझ्न आग्रह गरे ।

क्याम्पस प्रमुख निर्मल बराल विद्यार्थीका मागपार्टीको हस्तक्षेपले स्ववियु चुनावमा स्थिति असामान्य बन्दै गएकोमा दुःख व्यक्त गर्छन् । उनी भन्छन्, ‘शैक्षिक संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ भनी नारा दिने तर अहिले हस्तक्षेपकारी नीतिले चुनावी कार्यक्रम बिथोल्न खोजिएको छ ।’ निकासका लागि आफूहरु सबै विद्यार्थी संगठनसँग बसेर टेबुल टक गर्न तयार रहेको उनी बताउँछन् ।

करिब १७ सय मतदाता रहेको इन्जिनियरिङ कलेजमा अघिल्लो पालि अनेरास्ववियु नेतृत्वले चुनाव जितेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै