एसओएस गण्डकीमा दुई सहप्राचार्य नियुक्त

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७९
SOS VP 1

पोखरा । एसओएस हरमन माइनर स्कुल गण्डकीमा दुईजना सहप्राचार्य नियुक्त भएका छन् । संस्थाको आन्तरिक प्रतिस्पर्धाबाट छनोट भई वीरसिंह बुढा र प्रभास पौडेल विद्यालयको सहप्राचार्यमा नियुक्त भएका हुन् ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्राचार्य चूडामणि सुवेदीले नवनियुक्त सहप्राचार्यद्वयलाई संयुक्त रूपमा अबिर, खादा र पुष्पगुच्छासहित मंगलबार बधाई ज्ञापन गरे । नवनियुक्त प्राचार्य बुढा दुई दशक तथा पौडेल विगत डेढ दशकदेखि एसओएस स्कुल गण्डकीमा पढाउँदै आएका छन् । यसअघि दुवै जनाले विद्यालयको मध्यम व्यवस्थापनमा रही कार्य गरिसकेका छन् ।

प्राचार्य चूडामणि सुवेदीले शैक्षिक क्षेत्रमा गरिमामय इतिहास बोकेको संस्था आगामी दिनमा २ ऊर्जाशील सहप्राचार्यहरूको नियुक्तिसँगै उत्कृष्टताको यात्रामा थप अग्रसर हुने बताए । शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका अध्यक्ष टीकाराम सुवेदीले शैक्षिक यात्राका क्रममा आउने चुनौतीहरूलाई पन्छाउँदै नवनियुक्त सहप्रचार्यहरूसँग सहकार्य गरी अगाडि बढ्ने कार्यमा युनियनको सदैव साथ र सहयोग रहने विश्वास दिलाए ।

सहप्राचार्यको नयाँ जिम्मेवारीले दायित्व थपिएको बताउँदै नवनियुक्त सहप्रचार्य वीरसिंह बृुढाले संस्थाको वृहत्तर हित र विद्यार्थीको समुन्नतिका लागि आफू दत्तचित्त भएर लाग्ने बताए । अर्का नवनियुक्त सहप्राचार्य प्रभास पौडेलले सहकर्मी शिक्षक र विद्यार्थीहरूसँग सहकार्य गरी अगाडि बढ्न आफू सदैव तत्पर भएर लागिपर्ने धारणा राखे ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले लामो समयदेखि एसओएसमा कार्यरत दुई ऊर्जावान् शिक्षक साथीहरूलाई विद्यालयकोसहप्राचार्यका रूपमा पाउँदा आफू निकै हर्षित भएको बताए । नवनियुक्त सहप्राचार्यलाई विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले समेत अबिर र खादासहित बधाई ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै