हेमजा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर र वडा शिक्षा समिति अन्नपूर्ण २ ले गाउँपालिकाका विद्यार्थीलाई विद्युतीय अवराधविरुद्ध प्रशिक्षण दिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले साइबर अपराध, लागुऔषधको प्रयोगले स्वास्थ्य एवं समाजमा पुर्याउने असरबारे प्रशिक्षण दिए । उनले अपराधबाट बच्ने उपाय साथै सामाजिक सञ्जालको सुरक्षीत प्रयोग, दुरुपयोगले पार्ने क्षति र विद्युतीय अपराध रोकथामका लागि व्यवस्था भएका कानुनी पाटाहरुका बारेमा जानकारी समेत दिए ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्युतीय अवराधबाट हुने गरेका क्रियाकलापप्रति पालिका चनाखो रहेको स्पष्ट पार्दै समाजलाई समृद्ध बनाउन सर्वसाधारणको भूमिका पनि महत्वपूर्ण हुने औंल्याए ।
त्यस अवसरमा अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारी, सेवा केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारी, जिल्ला समन्वय समितिका प्रथम उपाध्यक्ष मनपति भण्डारी, कोषाध्यक्ष कृष्णबहादुर तामाङ, निवर्तमान अध्यक्ष रामभुषण पराजुली, सदस्य बाबुराम भण्डारी लगायतले पनि धारणा राखे । स्थानीय मोर्निङस्टार मावि, माछापुच्छे« मावि र दुर्गाभवानी आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१