राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान अध्यक्षमा रीता थापा निर्विरोध

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
Rita Thapa Magar

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान अध्यक्षमा रीता थापा निर्विरोध चयन भएकी छन् ।

धादिङमा आज भएको ८ औं अधिवेशनबाट वरिस्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण महासचिवमा शिव हमाल निर्विरोध भएका छन् । बाँकी पदका लागि मतदान भइरहेको छ ।

उपाध्यक्षमा सुवास केसी, दीपक खड्का र हाधिका हमाल निर्वाचित हुँदा उपमहासचिवमा हरि डाँगी र शिरिष देवकोटा निर्विरोध भए । यसैगरी महिला सचिवमा जमुना राना र कोषाध्यक्षमा अृमत अधिकारी निर्विरोध भए ।

प्रकाश सपुत उपत्यका सचिवमा निर्विरोध चयन हुँदा पोखरा जीवन दाहाला प्रशासनिक सचिवमा निर्विरोध भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width