पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय मौलिक बाजा संरक्षणमा महानगर लागिपरेको बताएकी छन् ।
पोखरा वडा ५ ले आयोजना गरेको मादल बजाउने तालिम समापनमा बोल्दै उनले स्थानीय बाजा संरक्षणका लागि यस्ता तालिमले भूमिका खेलेको बताइन् । ‘स्थानीय बाजा लोप हुँदै गएका बेला तालिमले संरक्षणमा भूमिका खेलेका छन,’ उनले भनिन् । घरटोलमा हुने विवाह, ब्रतबन्धनलगायत धार्मिक कार्यमा मौलिक र स्थानीय बाजा प्रयोग हुने गरेको भए पनि पछिल्लो समय लोप हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन् ।
कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य कल्पना भुवाजी क्षत्री, प्रशिक्षार्थी कल्पना लामिछाने, प्रशिक्षक धर्मेन्द्र पौडेललगायत बोलेका थिए ।
वडाध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको तालिममा उत्कृष्ट विष्णु शर्मालाई मादल प्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१