१. नेपालको खेलकुद जगतमा चर्चित आहा गोल्डकप फुटबल प्रतियोगिता म·लबारदेखि पोखरा र·शालामा सुरु भएको छ। खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौं भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिताले फुटबलका खेलाडी र खेलप्रेमीहरूलाई आकषिर्त गरेको छ।
२. यो प्रतियोगिता २०५८ सालमा सुरु भएको हो। त्यसबेला यो क्याराभान गोल्डकपका रूपमा सञ्चालन गरिएको थियो। त्यसपछि आहा गोल्डकपका रूपमा आयोजना गरियो। यस वर्षदेखि यसको नाम रारा पनि थपिएको छ। अहिले यो प्रतियोगिता आहा! रारा गोल्डकप प्रतियोगिता भएको छ। प्रतियोगिताको यो ११ औं संस्करण हो।
३. आहा! रारा गोल्डकप प्रतियोगिताको पूर्व सन्ध्यामा त्यसको प्रचार-प्रसारका लागि सोमबार पोखरामा मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो। त्यस्तै यसको प्रचार-प्रसारका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, गण्डकी नेपाल र पोखरा लोक सङ्गीत समूहका कलाकारहरूले पोखराका चोक-चोकमा गीत गएका थिए।
४. आयोजकले बताएअनुसार यसपटक प्रतियोगितामा नेपाल र भारतका गरी १२ टीम सहभागी छन्। नेपाली टीममा लक्ष्मी हुन्र्डाई मनाङ मस्र्याङ्दी क्लब, सामसुङ जाउलाखेल युथ क्लब, थ्री स्टार क्लब, एनएमबी मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, म्याक्डोयल्स आरसिटी, त्रिभुवन आर्मी क्लब, फ्रेण्ड्स क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लब आमा क्लब रहेका छन् भने भारतको गोर्खा ब्रिगेड फुटबल टीम र साउदर्न समिति एफसी कोलकाता रहेका छन्।
५. प्रतियोगितामा बिजेता टीमले तीन लाख ५१ हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र पाउनेछ भने उपविजेताले दुर्इ लाख एक हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछ। आयोजक समितिले प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर फेयर प्ले टीमलगायतका लागि पुरस्कारको व्यवस्था गरेको छ।
६. गत वर्षको शिल्ड मनाङ मस्र्याङ्दीले जितेको थियो। यसपटक कसले शिल्ड चुम्ने हो भन्ने विषयमा पोखरामा अड्कलबाजी भइरहेको छ। सहारा क्लबद्वारा आयोजित यो प्रतियोगिता पाँचपटक नेपाल पुलिस क्लबको पक्षमा गएको छ। त्यस्तै हिसाब राख्नेहरूले मनाङ मस्र्याङ्दीले तीनपटक, थ्री स्टारले दुर्इपटक रअफ्रिकन युनाइटेडले एकपटक प्रतियोगिता जितेका छन्।
७. यो ११ औं प्रतियोगिता राम्रो मौसममा सुरु भएको छ। पोखराको हिमाल खुलेको छ। स्वच्छ र सफा देखिएको हिमाल खेलाडी, खेलप्रेमीहरूको स्वागत गर्न आतुर भएकोजस्तो देखिन्छ। जसरी पोखराको प्रकृति राम्रो छ, त्यस्तै प्रतियोगिता पनि राम्रो स्वच्छ र सफा रहोस्, बिनाबिघ्न बाधा प्रतियोगिता सम्पन्न होस् भन्दै पोखरामा आयोजित यो प्रतियोगिताका सहयात्री खेलाडी र खेलप्रेमीहरू सबैलाई स्वागत गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१