सामान्यतया महिला वा महिलाहरुको समूहले गर्ने उद्यमसम्बन्धी क्रियाकलापलाई महिला उद्यमशीलता भनिन्छ । महिला उद्यमशीलतामा महिलाद्वारा नाफा वा धन कमाउन व्यवसायमा लगानी तथा उत्पादनका अवसरहरु खोज्ने, नयाँ उत्पादन प्रक्रिया थाल्ने, संगठन गर्ने, पुँजी संकलन गर्ने, कच्चा पदार्थको आपूर्तिको व्यवस्था गर्ने, स्थान मिलाउने, रोजगारीको सिर्जना गर्ने, उत्पादनका साधनको व्यवस्था गर्ने, दैनिक कार्यसञ्चालन गर्ने गरिन्छ । उनीहरुले स्वतन्त्रतापूर्वक व्यवसायको लागि आवश्यक सम्पूर्ण स्रोत र साधनको व्यवस्था मिलाउने, जोखिम बहन गर्ने, चुनौतीको सामना गर्ने कार्य गर्दछ । यिनीहरु केवल व्यवसाय सञ्चालनमा मात्र सीमित नभई दीर्घकालीन रुपमा व्यवसायको विकास र विस्तार गर्ने प्रक्रियामा संलग्न हुन्छ ।
जोसेफ सुम्पिटरका अनुसार खोज गर्ने, अनुकरण गर्ने तथा ग्रहण गर्ने क्षमता भएका महिलालाई महिला उद्यमी भनिन्छ ।
महिलाहरु सामान्यतया ३ प्रकारको लाभ हासिल गर्न व्यावसायिक क्रियाकलापमा संलग्न भएको पाइन्छ । जस्तैः व्यक्तिगत स्वतन्त्रता, आर्थिक सुरक्षा र सन्तुष्टि । जीवनयापनमा क्रमिक रुपमा खर्च बढ्दै गएको अवस्थामा पारिवारिक खर्च धान्न पनि महिलाहरु आर्थिक क्रियाकलापतर्फ संलग्न हुन थालेका छन् । वर्तमान अवस्थामा विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणका कारणले पनि महिला क्रियाकलापलाई बढी महत्व दिइने गरेको पाइन्छ ।
संसारमा महिलाहरुले आधा आकाश ओगटेको छ । तर परम्परागत रुपमा महिलाहरु घर परिवारको कार्यमा मात्र सीमित भएको पाइन्छ । उनीहरु घरेलु कार्यमा मात्र सीमित भएको पाइन्छ । घरबाहिर गएर कुनै काममा संलग्न हुनु भनेको महिलाहरुको लागि ज्यादै चुनौतीपूर्ण हुन्थ्यो । उनीहरु आफूमा भएको अनुभव, सीप र ज्ञानलाई व्यावसायिक क्षेत्रमा प्रयोग गर्न सक्दैनथे तर बिस्तारै वर्तमान समयमा सामाजिक वातावरणमा आएको परिवर्तनले गर्दा महिलाहरु घरको काममा मात्र सीमित नभई पुरुष सरह घर बाहिर आफ्नो सीप, क्षमता र ज्ञानलाई प्रयोग गर्न विभिन्न पेसामा संलग्न हुन थालेका छन् । पछिल्लो समयमा नेपाली महिलाहरु पनि उद्योग व्यवसायमा स्वतन्त्रपूर्वक संलग्न भएको पाइन्छ । आफ्नै पुँजी, प्रबन्ध र नियन्त्रणमा आत्मनिर्भर भई उद्योग व्यवसाय सञ्चालन गरेर उद्यमशीलतामा नाम कमाएका उदाहरण हामी प्रशस्त पाउँछौँ ।
म्हिला उद्यमशीलताको विकासले केवल एक महिला वा उसको एक परिवारमात्र लाभान्वित नभई समग्र देशको अर्थतन्त्रलाई नै सकारात्मक असर पारेको हुन्छ । यिनीहरुको आर्थिक क्रियाकलापको संलग्नताबाट देशमा बेरोजगारीको समस्या समाधानमा सहयोग पुग्न गएको छ । उनीहरुले समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सकेका छन् । उनीहरुमा आर्थिक स्वतन्त्रता र आत्मनिर्भरताको भावना वृद्धि हुनाको साथै परिवारको आर्थिक भरणपोषणमा योगदान पु¥याएर परिवारको जीवनस्तर उकास्न सहयोग पुगेको छ । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा महिला उद्यमशीलता विकासले नयाँ आशा पलाएको छ ।
अन्य विकसित राष्ट्रहरुको दाँजोमा नेपालमा महिला उद्यमशीलताको अवस्था बढी नाजुक छ । वर्तमान समयमा नेपाली महिला उद्यमशीलतामा केही प्रगति देखिएको छ । तर पनि नेपाली महिला उद्यमीहरुले स्वतन्त्रतापूर्वक निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न सकेको देखिँदैन ।
नेपालमा महिला उद्यमीको संख्या ज्यादै सीमित रहेको छ । सन् २०१४ को एक अध्ययनअनुसार नेपालमा साना, मझौला र ठूला गरी करिब १४ हजार ३ सय महिला उद्यमी रहेका छन् । यी उद्योगहरुमा करिब १ लाख श्रमिकहरुले रोजगारी पाएका छन् ।
नेपाली समाजमा महिलाप्रतिको कमजोर दृष्टिकोणको कारणले महिला उद्यमीहरु पनि पुुरुषहरुबाट संरक्षित भएर रहेको पाइन्छ । सामान्यतया बुबा वा पतिले छोरी वा श्रीमती उद्यमशील कार्यको तुलनामा नोकरी पेसामा लागेको मन पराउँछन् । किनभने उद्यमी पेसा अधिक जोखिम हुने, कामको सिलसिलामा घरभन्दा बाहिर जानुपर्ने र जनसम्पर्क गर्नुपर्ने हुन्छ । यो सोचाइले महिला उद्यमशीलतामा नकारात्मक प्रभाव पारेको छ ।
नेपाली महिलाहरु उद्यमीमा हुनुपर्ने गुण र क्षमता भएर पनि आर्थिक तथा सामाजिक कारणले अगाडि बढ्न नसकेको देखिन्छ ।
महिलाको नाममा उद्योग दर्ता दस्तुरमा ३५ प्रतिशत छुट र औद्योगिक सम्पत्ति पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता गराउँदा २० प्रतिशत छुट
वर्तमान समयमा समाजको आर्थिक विकासमा महिला उद्यमशीलतालाई महत्वपूर्ण पक्षको रुपमा लिन थालिएको छ । महिला उद्यमशीलताले समाजमा महिलाको भूमिका बढाएको छ । महिला उद्यमशीलता र महिला सशक्तीकरणको पनि सम्बन्ध रहेको पाइन्छ । यसले महिलाको आर्थिक स्वतन्त्रता र आत्मसम्मानमा पनि वृद्धि गरेको हुँदा महिलालाई उद्यमशीलतामा लाग्न प्रोत्साहन गर्नुपर्दछ । महिलाहरुलाई उनीहरुको योग्यता र क्षमतानुसार विभिन्न आर्थिक गतिविधिमा सहभागी गराई उनीहरुलाई सशक्तीकरण गर्नुपर्दछ ।
महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट सशक्तीकरण गर्न निम्न प्रयास गर्न सकिन्छ :
वर्तमान समयमा विश्वमा महिला सशक्तीकरणको आवाज उठिरहेको अवस्थामा महिलाहरु अब घरेलु काममा मात्र सीमित हुनुपर्ने धारणा क्रमशः घट्दै गएको पाइन्छ । नेपालमा पनि धेरै सफल महिला उद्यमीहरु बढ्दै गएको पाइन्छ । नेपाल सरकारले हाल नेपालमा महिला उद्यमीलाई प्रोत्साहन गर्न औद्योगिक नीति २०६७ ले निम्न नीतिहरु निर्धारण गरेको छ :
नेपाली महिला उद्यमीहरु प्रायगरी हस्तकला उद्यममा संलग्न रहेको पाइन्छ । उनीहरु व्यवस्थापक, उद्यमी, श्रमिक आदिको हैसियतले काम गर्दै आएका छन् । विश्वव्यापीकरण र खुला अर्थतन्त्रको कारणले देशभित्र र विदेशी उद्यमीसँग प्रतिस्पर्धा बढ्दै गएकोले महिला उद्यमीहरुले प्रतिस्पर्धा गर्न नसकेको हुँदा नेपाली महिला उद्यमीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्याप्त पुँजी, शिक्षा, सिप आदिको अभावले यिनीहरुले औपचारिक र संगठित उद्योगहरुमा प्रवेश गर्न सकिरहेका छैनन् । नेपाली महिला उद्यमीलाई पुँजी र शिक्षाको कमी भए तापनि हस्तकला, पर्यटन, तयारी पोसाक, पुष्प व्यवसाय, सौन्दर्य व्यवसाय, होटल आदि उद्योगहरुमा यिनीहरु संलग्न हुँदै आएका छन् । यी महिला उद्यमीको विकासका लागि विभिन्न संघ संस्थाले तालिमहरु सञ्चालन गर्दै सहयोग पुर्याएको छ । विज्ञान तथा प्रविधिमा महिला, नेपाली महिला उद्यमी संघ, व्यावसायिक तथा पेसेवर महिला क्लब आदि संंस्थाले महिला उद्यमीको विकासको लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएका छन् । यी तालिमका कारणले नेपाली महिला उद्यमशीलतामा क्रमशः वृद्धि हुने वातावरण सिर्जना भएको छ ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१