माउन्ट अन्नपूर्णमा स्वागत तथा बिदाइ

आदर्श समाज सम्वाददाता
माघ २३, २०७९
mt-anna

पोखरा । पोखरा ५ पस्र्याङस्थित माउन्ट अन्नपूर्ण क्याम्पसका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको छ । बिएस्सी सिएसआइटी ४ वर्षको अध्ययन पूरा गरेका २०७४ मा भर्ना भएका विद्यार्र्थीलाई बिदाइ तथा २०७९ मा भर्ना भएका विद्यार्र्थीलाई स्वागत गरिएको हो ।

कार्यक्रममा बिएस्सी सिएस आइटी दोस्रो सेमेस्टरका विद्यार्र्थीले पहिलो सेमेस्टर विद्यार्र्थीलाई स्वागत गरे भने सातौं सेमेस्टरका विद्यार्र्थीले अध्ययन पूरा गरेका विद्यार्र्थीलाई बिदाइ गरे ।

कलेजका निर्देशक सूर्यबहादुर जिसीले माउन्ट अन्नपूर्णले पश्चिमाञ्चलकै पहिलो निजी क्याम्पसको रूपमा अहिलेसम्म विद्यार्र्थीलाई गुणस्तरीय शिक्षा दिइरहेको बताए ।

उनले भने, ‘निजी शिक्षण संस्थाको अगुवा भएर हामीले विज्ञान र प्रविधिको शिक्षा दिएका धेरै विद्यार्र्थी अहिले डाक्टर, इन्जिनियर र अरू जिम्मेवार पदमा छन् । हामी हाम्रो गुणस्तर र राष्ट्रको आवश्यकता बमोजिमका कार्यक्रम चलाइरहेका छौं ।’

कार्यक्रममा कलेजका फ्याकल्टी सुनिल पाण्डेले अध्ययन कहिल्यै पूरा नहुने भन्दै जीवनभर अध्ययनशील हुन विद्यार्थीलाई सुझाए । उनले अध्ययनमा लगनशील भए अवसरले आफैं खोज्ने स्पष्ट पार्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे ।

कलेजका विद्यार्र्थीले विभिन्न सांगीतिक प्रस्तुति राखेको कार्यक्रममा फ्याकल्टीहरु सुदीप दाहाल, सन्तोष पन्त र सुरेश तिमिल्सना र विद्यार्थीद्वय पुष्पा रेग्मी र विनय अधिकारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै