अखिल गण्डकीबाट अध्यक्ष र संयोजकको टुंगो

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
ANSU

पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ सम्म काठमाडौंमा हँुदै छ । अधिवेशन नजिकिंदै गर्दा गण्डकी प्रदेश तयारीमा लागेको अनेरास्ववियु गण्डकी सचिव आरके पोखरेलले जानकारी दिए ।

जिल्ला अध्यक्ष र संयोजकको टुंगो लगाएर प्रतिनिधि छनोट भइरहेको उनले बताए । कास्कीको आयोजक कमिटी संयोजकमा सन्तोष पोखरेल चुनिएका छन् । यस्तै मनाङमा सरिता गुरुङ र मुस्ताङ जीवन गोतामे संयोजक चयन भएको सचिव पोखरेलले जानकारी दिए ।

तनहुँ अध्यक्षमा महेन्द्र श्रेष्ठ, गोरखामा प्रताप ढकाल, नवलपुरमा विष्णु पौडेल, लमजुङमा देवेन्द्र गुरुङ, म्याग्दीमा मिलन खत्री, बागलुङमा रोशन जिसी र स्याङ्जामा कृष्ण जिसी जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएका छन् । उनीहरुले जिम्मेवारी पाएर महाधिवेशन प्रतिनिधि छनोटको काममा लागिसकेको उनले जानकारी दिए ।

महाधिवेशन सफल बनाउन जिल्लाबाट प्रतिनिधि छनोटलाई प्रभावकारी ढंगबाट अघि बढाएको अनेरास्ववियुका केन्द्रीय सदस्य विश्वदर्शन पराजुलीले बताए । उनले भने, ‘गण्डकीमा हामी सकेसम्म सर्वसम्मत बनाउने कोसिसमा छौं ।’

गण्डकी प्रदेशबाट १ सय ५५ हाराहारीमा प्रतिनिधि केन्द्रीय महाधिवेशनमा जाने अखिल गण्डकी सचिव पोखरेलले जानकारी दिए ।

गण्डकीबाट कम्तीमा ३ जना पदाधिकारी रहने गरी तयारी भएको उनले जानकारी दिए । प्रदेश सचिव पोखरेलका अनुसार प्रदेश अध्यक्ष प्रकाश पौडेल केन्द्रीय पदाधिकारीमा जाने तयारीमा छन् । गण्डकीबाट अहिले पनि स्याङ्जाका सुजन भट्टराई र खिम मरासिनीसँगै लमजुङका जुन तामाङ केन्द्रीय सचिव छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width