पोखरा। स्याङ्जाको आँधिखोला गाउँपालिका–१, पञ्चमूलमा एकै रात १२ ठाउँमा चोरी भएको छ । सोमबार राति वडा कार्यालय, सहकारी, पसल, व्यक्तिको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
‘वडा कार्यालय, घर, पसल लगायतमा चोरी भएको भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजीवबहादुर बस्नेतले भने, ‘एउटा सहकारी भन्ने कुरा थियो त्यहाँ चोरी भएको छैन । एउटा पसलबाट हार्डडिस्क नै बोकेर गएको रहेछ ।’
१२ स्थानमध्ये सबैभन्दा बढी १ घरबाट साढे १० तोला सुनका गरगहना र २ लाख ५ हजार नगद चोरी भएको उनले बताए । ‘सबै ठाउँबाट कसैकोबाट १ हजार कसैकोबाट २ हजार चोरी भएको भन्ने छ,’ उनले भने, ‘एउटा घरबाट भने साढे १० तोला सुनका गरगहना र २ लाख ५ हजार नगद लगेको भन्ने छ ।’
वडा कार्यालयबाट पनि ३० हजार ४५ हजार रुपैयाँ राजस्व चोरी भएको उनले बताए । त्यस क्षेत्रको मुचुल्का लिएर अनुसन्धान कार्य चलिरहेको उनले बताए । पञ्चमूलको करिब ३ किमी क्षेत्रभित्र ती चोरीका घटना भएका हुन् ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१