पृना क्याम्पस गणित विभाग प्रमुखमा डा. अधिकारी

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
im adhikari

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराको गणित विभागको विभागीय प्रमुखमा सहप्राध्यापक डा. ईश्वरमणि अधिकारी नियुक्त भएका छन् । लमजुङ घर भई हाल पोखरा बस्दै आएका उनी ३ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।

२०५४ बाट पृथ्वीनारायण क्याम्पसमा पार्टटाइम प्राध्यापन थालेका उनले २०५७ मा करार नियुक्ति पाएका थिए । अधिकारी २०६४ मा उपप्राध्यापकमा नाम निकालेका उनी २०७८ सहप्राध्यापकमा बढुवा भएका हुन् ।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट विपत्तिकालीन उद्धारमा धेरैभन्दा धेरै मानिसलाई सकेसम्म छिटो उद्धार कसरी गर्न सकिन्छ भन्ने बारेको म्याथमेटिकल डिस्कसनमा (इभाकुएसेन अप्टिमाइजेसन विथ मिनिमम क्लियरेन्स टाइम) मा विद्यावारिधि गरेका छन् ।

पोखरेली युवा सांस्कृतिक प्रतिष्ठानका पूर्व अध्यक्ष अधिकारी चोटिला कविताका लागि समेत प्रख्यात छन् ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width