पोखरा । प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा आइतवार पोखरामा प्रभातफेरी गरिएको छ ।
प्रेस सेन्टर गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगरको संयुक्त आयोजनामा पोखराको सिर्जनाचोकदेखि शहिदपार्कसम्म प्रभातफेरी गरी कोणसभा गरिएको हो ।
कोणसभामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले सेन्टरमा आवद्ध पत्रकारहरुले अविचलित रुपमा श्रमजीविको पक्षमा लागिरहनुपर्ने बताए ।उनले मिसन पत्रकारिताबाट सुरु भएको सेन्टरले छोटो समयमा जनपक्षिय पत्रकारितामा आफूलाई उभ्याएको बताउँदै समाजवादको यात्रा अघि बढाउन समेत संचारको भूमिका रहने औँल्याए ।प्रदेश सरकार सञ्चार क्षेत्रसँग हातेमालो गरेर नै अघि बढ्ने मन्त्री चुमानको प्रतिवद्धता छ ।
प्रेस स्वतन्त्रता सेनानी एवम् अग्रज पत्रकार कुशुमकेशव पराजुलीले क्रान्तिकारी पत्रकारहरुले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाउनुपर्ने जनाए ।
उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधव पनेरु, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, कास्की शाखा अध्यक्ष कृष्ण दवाडी, पोखरा महानगर अध्यक्ष शिवराज बस्ताकोटी लगायतले पछाडि पारिएका वर्ग र श्रमजीवि पत्रकारको मुद्दालाई प्रेस सेन्टरले सदैव प्रमुखताका साथ उठाउँदै आएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१