विश्व हिन्दु महासंघ कास्की महासचिवमा मीलनप्रसाद तिवारी

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
hindu

पोखरा । विश्वहिन्दु महासंघ जिल्ला अध्यक्ष जगन्नाथ कोइरालाको अध्यक्षतामा भएको जिल्ला कार्यसमितिको बैठकले कार्यसमिति सदस्य मीलनप्रसाद तिवारीलाई महासचिव र सन्तु पौडेललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ ।

बैंठकले अध्यक्षले पेस गरेको प्रस्ताव सर्वसम्मत पारित गरिएको छ । बैठकले माघ २६ गते पोखरा महानगरको अधिवेशन गर्ने निर्णय गरेको छ । माघ २५ गते हुने प्रदेश कमिटीको साधारण सभामा सक्रिय सहभागी हुने निर्णयसमेत गरेको छ ।

बैठकमा विश्व हिन्दु महासंघ केन्द्रीय उपाध्यक्ष शंकर खरालको विशेष उपस्थिति थियो । उपाध्यक्ष खरालले हिन्दु संस्कारहरुको संरक्षण गर्दै सनातन हिन्दु राज्य बनाउने अभियानमा सबै सँगसँगै लाग्नुपर्नेमा जोड दिए । महासचिवको जिम्मेवारी पाएका मीलनप्रसाद तिवारीले आगामी दिनमा संस्थाको गरिमा र उद्देश्यप्रति पूर्ण समर्पित हँुदै लागिरहने बताए । बैठकमा निवर्तमान अध्यक्ष पार्वती पौडेल, केन्द्रीय सदस्य इन्दिरा कोइराला, कोषाध्यक्ष सन्तु पौडेललगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width