कन्या क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ मेसिन

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
kanya

पोखरा । एनएमबी बैंकले कन्या क्याम्पसलाइ सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वस्वरुप २ थान मेसिन सहयोग गरिएको बैंकका गण्डकी प्रदेशका प्रमुख दुर्गाराम पुरीले जनाए ।
कन्या क्याम्पस पोखराका व्यवस्थापन समिति अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रदेश प्रमुख पुरीले क्याम्पस र बैंकबीचको आत्मीय सम्बन्ध अझ प्रगाढ बन्दै जाने बताए ।

क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त क्याम्पसले छात्रालाई निशुल्क सेनिटरी प्याड उपलब्ध गराउँदै आएकोमा यस कार्यबाट क्याम्पसमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई प्याडको उपलब्धताका लागि सहज भएको बताए ।

कार्यक्रममा एनएमबी बैंकका वरिष्ठ क्षेत्रीय व्यवस्थापक दिभिरविक्रम शाह, महेन्द्रपुल शाखा प्रमुख सुदीप पौडेल, प्राध्यापक संघका सभापति डा. भूमिराज बस्ताकोटी, छात्रा कल्याण समितिका संयोजक ममता शाह लगायत प्राध्यापक, कर्मचारी र छात्राहरूको उपस्तिथि रहेको थियो । कार्यक्रम संचालन सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए । पोखराको नदीपुरस्थित कन्या क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर सम्मको पढाइ हुने गर्दछ । क्याम्पसमा हाल ७ सय ६१ जना पढ्छन् ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width