स्याङ्जाकी सीता सुन्दास तेस्रो वरियतासहित अर्थ मन्त्री

आदर्श समाज सम्वाददाता
माघ १०, २०७९
sapath

पोखरा । स्याङ्जाबाट प्रदेश सभामा निर्वाचित सीताकुमारी सुन्दासले गण्डकीमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएकी छन् । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अधिकारीसहित पुस २५ गते थप ३ मन्त्रीले सपथ लिए पनि जिम्मेवारी पाएका थिएनन् ।
आज ३ मन्त्री थपेर अधिकारीले मन्त्रीमण्डललाई पूर्णत दिएका हुन् । उनले १२ बाट घटाएर गण्डकीमा ७ वटा मन्त्रालय कायम गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width